‘शृंकफ्लेशन’ को समस्या नेपाली बजारमा कसरी बढ्छ?
विश्व अर्थतन्त्रमा मूल्यवृद्धिको उच्च दबाब जारी छ । उपभोग्य वस्तुको मूल्यवृद्धिमा आएको उछालका कारणे सबैभन्दा बढी उपभोक्तालाई पिरोलेको छ । वस्तुको मूल्य बढ्दा उपभोग गर्ने उपभोक्तालाई त पिरोलेको छ नै त्यसमाथि वस्तु उत्पादकहरुलाई पनि उत्तिकै प्रभाव परिरहेको छ ।
वस्तुको मूल्य बढेसँगै धेरैजसो उपभोक्ताले महंगिएको वस्तु किन्न रुचाउँदैनन्, जसका कारण उत्पादकको उत्पादनले लक्ष्यअनुरुप विक्रि नहुने समस्या भोगिरहेका छन् । यही समस्याको अन्त्य गर्न अर्थात उपभोक्तामाझ पुरानै मूल्यमा त्यही वस्तु उपलब्ध गराउन उत्पादनकर्ताहरुले नयाँ जुक्ति निकालेका छन् ‘शृंकफ्लेशन’ ।
‘शृंकफ्लेशन’ उपभोक्तालाई थाहै नहुने गरी वस्तुको मूल्य बढी लिनु हो । अर्थात उपभोक्तालाई मूल्य बढेको आभास नगराइकनै उत्पादकले बढी फाइदा लिनु हो ।
Comments