सामसङ नेपालले नयाँ वर्ष २०८०का अवसरमा ल्यायो अफर
नेपालको सबैभन्दा लोकप्रिय इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले आउन लागेको नयाँ वर्ष २०८० का अवसरमा सामसङका विभिन्न इलेक्ट्रोनिक उत्पादनहरु टीभीदेखि होम अपलायन्सहरुमा नयाँ वर्ष अफर घोषणा गरेको छ। यो अफर २०८० साल जेठ २ गतेसम्म लागू हुनेछ।
यो अफर सामसङको लेटेस्ट रेन्जका टीभी, रेफ्रिजेरेटर र वासिङ मेसिनका लागि लागू हुनेछ। नयाँ वर्षको यो अफरमा सामसङले आफ्ना कन्जुमर ड्युरेबल्स वस्तुहरुमा ४१% सम्म क्यासब्याक दिएको छ।
सामसङ टीभी विगत १७ वर्षदेखि विश्वव्यापी रूपमा नम्बर १ रहेको छ। कलर भोल्युम १०० प्रतिशत क्वान्टम डट टेक्नोलोजी सहितको सामसङ फ्ल्यागशिप क्यूएलईडी टीभीहरुमा आकर्षक क्यासब्याक प्रदान गरिएको छ। यसका साथै, क्रिस्टल फोर के अल्ट्रा एचडी टीभीको अमेजिङ रेन्ज र तिनीहरुका बिलियन ट्रु कलरहरुमा २५ प्रतिशतसम्मको छुटमा कन्जुमरले आफ्नो घर भित्र्याउन सक्छन्।
सामसङ फ्रेम टीभीहरु, एक टेस्टफुल्ली डिजाइन गरिएको टीभी हो। जसले कन्जुमरहरुलाई बेजेल विकल्पहरुको रेन्जका साथ आफ्नै शैलीको रंगीन टेलिभिजन डिजाइन गर्नसक्ने अनुभुति परदान गर्छ। यसलाई छुट गरिएको मुल्यमा खरिद गर्न सकिन्छ।
त्यसैगरी सामसङको स्मार्ट टीभीले तपाइँलाई भ्वाइस असिस्टेन्स, पीसी र म्युजिक सिस्टमजस्ता धेरै सुविधाहरु अनवाइन्ड गर्ने, सिक्ने र अन्वेषण गर्ने अवसर दिन्छ। एक वर्षको पूर्ण उत्पादन वारेन्टी टीभीमा प्रदान गरिएको छ र कम्पनीले प्यानलहरुमा थप एक वर्षको वारेन्टी प्रदान गर्दछ।
यो नयाँ वर्षसँगै कन्जुमरले आफ्नो भान्छाघरमा पनि नयाँ परिवर्तन ल्याउन सक्छन्। यसका साथै सामसङको इनोभेटिभ साइडबाइ साइड रेफ्रिजरेटरहरु अपग्रेड गर्न सकिन्छ। जुन ७०० लिटर क्षमतासम्मको छ। यस्तै, ३१४ लिटर क्षमताको कर्ड माइस्ट्रो टीएम वा डिजिटल इन्भर्टर डबल डोर र सिंगल डोर रेफ्रिजरेटरहरु सबैका लागि उपलब्ध छन्। यसमा २५ प्रतिशतसम्म क्यासब्याक ग्यारेन्टी गरिएको छ।
Comments