छ्याङ्दी हाइड्रोपावरले परिवर्तन गर्यो हकप्रद शेयर प्रस्ताव

छ्याङ्दी हाइड्रोपावर लिमिटेडको चैत्र २१ गते अपरान्ह ४:०० बजे बसेको संचालक समितिको ९३औं बैठकले यसअघि प्रस्ताव गरेको चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद शेयरलाई परिवर्तन गर्दै १०० प्रतिशत (अर्थात १:१ को अनुपातमा) हकप्रद शेयर जारी गर्ने प्रस्ताव अघि सारेको छ।

यसअघि प्रस्ताव गरिएको ४० प्रतिशत हकप्रद शेयर पौष ३० गते बसेको आठौं बार्षिक साधारण सभाले पारित गरेको भएपनि संचालक समितिले सो निर्णयलाई परिमार्जन गर्दै १५० प्रतिशत हकप्रद शेयर प्रस्ताव अगाडि सारेको थियो।

अब हाइड्रोपावरको १०० प्रतिशत हकप्रद शेयर प्रस्ताव नियमनकारी निकायहरुबाट स्वीकृत भएपछि आगामी साधारण सभामा पेश गरिने छ।

Comments

Back to top