नेप्से इन्ट्राडे अपडेट: सामान्य अङ्कको गिरावट!
आज बुधबार नेप्से बजार ६.७५ अंकले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८६० को नजिक आएको छ। ६.७५ अङ्कले घटेर नेप्से परिसूचक १८५९.९३ मा आएको हो। आज २ घण्टामा लगभग २४ करोड ४० लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा कालिन्चोक दर्शन लिमिटेड रहेको छ जसको ९.९७% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा सिटिजन म्युचल फण्ड रहेको छ।
Comments