ग्लोबल हाईड्रोपावर, मेगा क्यापिटल र नेपाल एसबिआई मर्चेन्टबीच शेयर प्रत्याभूति सेवा उपलब्ध गराउन सम्झौता
ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडले निष्कासन गर्न लागेकाे साधारण शेयरको प्रत्याभूति सेवा उपलब्ध गर्नकालागि मेगा क्यापिटल मार्केट्स लिमिटेड तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडबीच सम्झौता भएको छ ।
ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडले ५८ कराेड ६० लाख रूपैयाँ शेयर पूँजी बराबरको १०० रूपैयाँ दरको ५८ लाख ६० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हाे ।
आज एक कार्यक्रमका बीच ग्लोबल हाईड्रोपावरका अध्यक्ष मोतीलाल दुगड, मेगा क्यापिटलका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ र नेपाल एसबिआई मर्चेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त कार्यक्रममा ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडका प्रमुख वित्त अधिकृत पुर्ण मान नापित, मेगा क्यापिटल मार्केट्स लिमिटेडका प्रमुख – मार्केटिङ्ग विभाग गिरी राज पोखरेल र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका अनिल कुमार महर्जन समेतकोउपस्थिति रहेको थियाे ।
Comments