बजारमा गिरावट कायमै।
१८७२.६५ मा ओपेनिङ्ग दिएको नेप्सेले सुरुवाती समयमा इन्ट्रा डे हाइ १८८०.४६ बनाएता पनि त्यस पश्चात आएको ब्रिकी चापलाई धान्न नसक्दा नेप्से सूचक १८६६.६८को बिन्दुमा बन्द भएको छ। सपोर्टको ट्रेन्ड लाइनलाई भत्काएको नेप्से सूचक अहिले महत्तोपूर्ण डिमाण्ड जोनमा आइ पुगेको छ। १८५०-१८००को यस जोनले चार चोटी सम्म बजारमा राम्रो अपवार्ड स्विङ्ग दिइसकेको छ। ९१ करोडको कारोबार रकम देखिएको बजारमा यस जोनबाट फेरी स्विङ्ग आउन सक्ने सम्भावनालाई नकार्न सकिन्न। बजारमा सस्तो मूल्यमा आफ्नो शेयर बिच्न नचाहाने लगानीकर्ता हावी रहेको बेलामा आफु संग भएको शेयर नबेचि होल्ड गर्नु नै उपयुक्त हुन्छ। यस जोनबाट रिबाउण्ड आउदा ठुलो लम्बाईको हरियो क्यान्डल (मुमेण्टम क्यान्डल) बने शेयर खरिद गर्नुपर्छ भने सानो सानो बेस क्यान्डल बने बजार साइड वेज या अझ तल जान सक्ने सम्भावना रहेको बुझ्नु पर्दछ।
Comments