नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासबाहेक घटायो सबै इन्धनको मूल्य
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएपछि नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासबाहेक सबै इन्धनको मूल्य घटाएको छ।
स्वचालित मूल्य प्रणालीअन्तर्गत निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य सोमबार राति १२ बजेदेखि लागु हुने गरी समायोजन गरेको हो। इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट मूल्य घटेर आएपछि निगमले घटाएको जनाएको छ।
डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य लिटरमा १० रूपैयाँका दरले घटाएको नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए। पेट्रोलको मूल्य भने लिटरमा ३ रूपैयाँले घटाएको छ।
मूल्य घटाएपछि पेट्रोलको मूल्य लिटरको १ सय ७५ रूपैयाँ, डिजेल र मट्टीतेलको १ सय ६५ रूपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ १ सय ६० रूपैयाँ कायम गरिएको छ बाह्यतर्फ १.३५ अमेरिकी डलर कायम गरिएको छ। खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १८ सय रूपैयाँ नै रहेको छ।
Comments