धितोमा रहेका सवारी र घरजग्गा नेपाल एसबिआई बैंकले बेच्दै!

नेपाल एसबिआई बैंकले धितोमा राखिएको सवारी साधन र जग्गा लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो ।

बैंकको शाखा कार्यालय बर्दिवास, सुर्खेत, हाकिमचोक, कुलेश्वर र महेन्द्रनगरबाट कर्जा लिई पटक पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ ।

बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ३५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।

बैंकको शाखा कार्यालय बर्दिवासबाट बेस्ट हेल्थ केयर प्रालिले लिएको कर्जामा जमानकर्ता रविन कुमार कर्ण, शशि कुमार लाल कर्ण, मिरा कर्ण र प्रभात कुमार कर्ण रहेका छन् । बैंकलाई धितोवापत बेस्ट हेल्थ केयरको नाममा रहेको हरिपुर ८ स्थित कित्ता नम्बर २८९ को ०–१–०–० विद्दा क्षेत्रफल भएको जग्गा र जग्गाले चर्चको सामान बिक्री गर्ने भएको हो ।

यस्तै, सर्खेत शाखा कार्यालयबाट जय शंकर मल्टी सप्लायर्सका सञ्चालक सोभाखर जैसी र जमानकर्ता उषा भण्डारीको धितो वापत सुरक्षणमा राखिएको कर्णाली प्रदेश ०२००१ च ०४७५ नम्बरको सन् २०२१ मा बनेको टाटा सवारी बिक्री गर्ने भएको हो ।

यस्तै, एस.एस. जनरल अर्डर एण्ड सप्लायर्सका प्रोप्राइटर शिव प्रसाद सुवेदी र सुनिता हमाल सुवेदीले कर्जा लिएवापत राखिएको धितो बिक्री गर्ने भएको हो । ऋणी शिवप्रसाद सुवेदीको नाममा रहेको वीरेन्द्रनगर १० स्थित कित्ता नम्बर ४४८१ को ०–१–१–३ विघा क्षेत्रफल भएको जग्गा बिक्री गर्ने भएको हो ।

यस्तै, शाखा कार्यालय हाकिमचोकबाट दिक्षा कृषि तथा पशु फर्मका सञ्चालक मन बहादुर दर्जी र सीता परियार दर्जीले लिएको कर्जावापत धितोमा राखिएको भरतपुर २१ स्थित कित्ता नम्बर ४२२ को ०–३–०–० विघा क्षेत्रफल भएको जग्गा बिक्रीमा राखेको हो ।

यस्तै, शाखा कार्यालय कुलेश्वरबाट धनबहादुर खत्रीले लिएको कर्जा वापत बागमती प्रदेश ०१०२६ च ५५२४ नम्बरको टाटा सवारी साधन र शाखा कार्यालय महेन्द्रनगरबाट श्री एना आधुनिक कृषि फर्मका सञ्चालक आरती ऐरले लिएको कर्जा वापत भीमदत्त १० स्थित कित्ता नम्बर ३१५९ नम्बरको १८६२.४७ वर्गमिटर भएको जग्गा र जग्गामा बनेका घरहरुसमेत बिक्री गर्नेछ ।

Comments

Back to top