दुई दिनमा ३६ अंकको गिरावट शेयर बजारले नयाँ अर्थमन्त्रीलाई पत्याएन!

शेयर बजारले अर्थमन्त्रीमा डा. प्रकाशशरण महतको इन्ट्रिलाई नकारात्मक प्रतिकृया जनाएको छ ।

शुक्रवार अर्थमन्त्रीमा डा. महतको प्रवेश सँगै शेयर बजार बढ्ने अपेक्षा गरिएको थियो । तर आइतबार र सोमबार नै लगातार शेयर बजारमा गिरावट देखिएको छ । आइतबार २० अंकले घटेकोमा आज सोमबार पनि १६.९१ अंकको गिरावट देखिएको छ ।

अर्थशास्त्री महतले नेपालको अर्थतन्त्रमा राम्रो योगदान पुर्याउन सक्ने आकलन गरिए पनि उनको नियुक्ति प्रकरण र उनको विगतको इतिहासलाई हेर्दा लगानीकर्ताको उनि प्रति विश्वास बढ्न नसकेको हो ।

Comments

Back to top