के लगानीकर्ताले नँया अर्थमन्त्रीको डाक्टरी नपत्त्याएकै हुन् ?
नेपाली कांग्रेसका डा. प्रकाशशरण महतले अर्थमन्त्रीको रुपमा पदभार ग्रहण गरेको तेस्रो दिन पनि नेप्सेमा केहि सुधार देखिएको छैन। अमेरिकाको इलिनोइसको कर्बोन्डेलमा रहेको साउथर्न इलिनोइस विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गरेका डा. महतको इन्ट्रीले लगानीकर्ताको मनोवल बढाउन नसकेको करिब ६० अंकको गिरावटले स्पष्ट देखाउछ। यसले नँया अर्थमन्त्रीलाई पनि घचघचाएको देखिएको छ। उनले आज सोमबार नेपाल उद्योग वाणिज्य महासंघ पुँजीबजार फोरमलाई निमन्त्रणा दिएर शेयर बजार उत्थानको लागि सुझावहरु पनि लिएका छन्। आजैको दिन अर्थमन्त्री महतले धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालसँग भेट गरी पुँजिबजार सुधारको योजना बनाएर सकारात्मक परिणाम निकाल्ने गरी अघि बढ्न निर्देशन दिएका पनि छन् ।
बजारमा आउने यस्ता समाचार बजार बढाउने सकारात्मक कारक हुन् यद्यपि आज नेप्से सुचकमा १६.६७ अंकले ओरालो लागि १८७१.८८ विन्दुमा आएर रोकिएको छ। यसअघि आइतबार नेप्से सुचक २० अंकले घटेर १८८८ विन्दुमा अडिएको थियो। बजार आफ्नै लयमा हिड्ने भएकाले सायद डा. महतको इन्ट्री नै गलत टाइममा भएको पनि भन्न सकिन्छ। पुँजिबजारका लगानीकर्ताका लागि अर्थमन्त्रालयमा पुँजिबजारलाई सट्टाबजार देख्ने मन्त्रिहरु भन्दा अर्थशास्त्रका विज्ञ हुनु कयौ गुणा राम्रो हो तर अर्थमन्त्रिले समग्र अर्थतन्त्र उकास्ने तर्फा दत्तचित्त भएर लग्नु पर्छ। छोटो समयको लोकप्रियता कमाउनका निम्ति पुँजिबजार बढाउन तर्फ तिर मात्र ध्यान दिए अर्थतन्त्रमा अझ ठुलो समस्या आउन सक्छ। अर्थतन्त्रमा क्रमिक सुधार भए पुँजिबजारमा त्यो प्रतिबिम्बित भइनै हाल्छ। अर्थमन्त्रिले पुँजिबजारले राजस्व सङ्कलनमा ठुलो योगदान पुराउने भन्ने बुझेर पुँजिबजारप्रति वितृष्णा नराख्ने हो भने पुँजिबजारका लागी त्यहि नै सकारात्मक कुरा हुन्छ। सस्थागत तथा नीतिगत सुधारका लागि सम्बन्धित निकाएहरुले नै पहल गर्नुपर्छ र अर्थमन्त्रायले त्यसमा साथ दिएपुग्छ।
Comments