लाल्टिन मासिक समिक्षा

गत महिना ४.३४%ले घटेको नेप्से यो महिना पनि  ५.५१%ले घटेको छ।। यस महिनाको पहिलो कारोबार दिन २०२०.७२ को बिन्दुमा खुलेको नेप्से २०२४.७० को उच्च बिन्दुसम्म पुगे पनि क्लोजिङ्ग १९०८.५५ को बिन्दुमा भएको छ।  निरन्तर चार महिना देखि बढेको नेप्से गत महिना र यस महिना करेक्सन आएको हो।  
यस महिना सर्वाधिक घट्ने उप-समुहमा माइक्रो फ़ाइन्यन्स पर्न गएको छ।  

नेप्से उप-समुह(Sub-index) 

यस महिनाको टप गेनर्स (Top Gainers)


यस महिनाको टप लुजर्स (Top Losers)


यस महिनाको टप खरिद भएका कम्पनी (Top Bought)


यस महिनाको टप बिक्रि भएका कम्पनी (Top Sold)


प्राविधिक विश्लेषण

बिगत चार महिना देखि लोवर ब्याण्ड छोडेर मिडल ब्याण्ड तर्फ गति लिइ रहेको बजारले मिडल ब्याण्डको एरियाबाटै करेक्सन सुरु गरेको छ । बढ्दो क्रममा रहेको एमएसिडि लाईन यस महिना भने जिरो भन्दा मुनि -३२.५९ बाट -४६.७३ मा आएर घटेको छ।  नेगेटिभ हिस्टोग्राम घट्दो क्रममा अहिले -७४.३८बाट  -७०.८२ मा आइपुगेको छ जसले बजारमा क्रमश खरिद बढिरहेको देखाउँछ । जिरो लाईन भन्दा माथि नै रहेको सिग्नल लाईन घटेर  २४.०९मा आएको छ।  तसर्थ एमएसिडि लाईन र सिग्नल लाईनको दुरी घटिरहेको देखिन्छ र अबको केहि महिनामा गोल्डेन क्रसको अपेक्षा राख्न सकिन्छ। -१४ डिएमआई लाईनलाई +१४ डिएमआई लाईनले तलबाट क्रस गरेको बजारमा ए.डी.एक्स २२.५५ मा आएको छ र अब ए.डी.एक्स लाइन माथि फर्किए बजारमा बुलिश मोमेन्टम बलियो बन्नेछ। ४०को बिन्दुलाई सपोर्ट बनेको आरएसआइ बढेर ४३.६४ मा आएको छ जसबाट आरएसआइको मोमेन्टम बढ्ने क्रममा रहेको देखिन्छ।

यस महिना करेक्सन भएता पनि कारोबार रकम ३६ अर्ब ७१ करोड बाट २४ अर्ब १ करोडमा झरेको हुनाले बजारले छिटै बटम बनाएर बुलिश गति लिने आकलन लगाउन सकिन्छ। अब बजारका लागि नजिकको प्रतिरोध २००० को एरिया रहन्छ भने सपोर्ट १८०५ को बिन्दुमा देखिन्छ।  

 

Comments

Back to top