नेप्सेमा भारी अङ्कको गिरावट, कारोबार रकम १ अर्ब २० करोड ७१ लाख !
आज आइतबार २० अङ्कले घटेर १.०५% गिरावटका साथ नेप्से परिसूचक १८८८.५५ अङ्कमा बन्द भएको छ। कारोबार भएका २६० कम्पनीमध्ये २३ कम्पनी उकालो लागेका छन्, १८९ कम्पनी ओरालो लागेका छन् भने कम्पनी ४ स्थिर रहेका छ।
कारोबार भएका सबै उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा कलिन्चोक दर्शन रहेको छ, जसको ९.९६% मूल्य बढेर कारोबार भएको छ।सबैभन्दा धेरै गुमाउनेमा स्वाभिमान लघुवित्त रहेको छ जसको सेयर मूल्य ७.६२% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा एनआइसी एशिया र भोल्यूममा कुमारी बैंकको कारोबार भएको छ।
Comments