प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पारित!

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा बिरगंजको दियालो लर्ड्स प्लाजामा सम्पन्न भएको कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ३ दशमलव ३२५ प्रतिशत बोनस शेयर र ० दशमलव १७५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभाले उक्त प्रस्ताव पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०७८ / ७९ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ साल आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान तथा आय व्यय हिसाब र सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गरेको छ ।

कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी १ अर्ब १८ करोड ६१ लाख ४४ हजार ८ सय १९ बाट बृद्धि गरी १ अर्ब २२ करोड ५५ लाख ८४ हजार १ सय ३४ रुपैयाँ कायम गर्ने , सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

Comments

Back to top