सांग्रिला डेभलपमेन्ट बैंकको ८.९८३ प्रतिशत लाभांश पारित
सांग्रिला डेभलपमेन्ट बैककाे १८ औं वार्षिक साधारण सभाले ८.९८३ प्रतिशत लाभांश पारित गरेकाे हो ।चैत १७ गते, लैनचौर ब्याङ्क्वेट, लैनचाैरमा सम्पन्न भएकाे सभाले उक्त लाभांश पारित गरेकाे थियो ।
सो साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३ अर्ब १ कराेड ६ लाख ६९ हजार ६६२ रूपैयाँको ८.५३४ प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.४४९ प्रतिशतले हुन आउने रकम एक करोड ३५ लाख २२ हजार २१३ रूपैयाँ ४० पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै आ.व. ०७८/७९ को वित्तीय विवरण पारित गरेकाे हाे ।
Comments