हाइड्राेले बढायाे बजार पूँजीकरणमा रफ्तार, तेश्राेमा झर्याे माइक्राेफाइनान्स

नेपाल राष्ट्र बैंकले माइक्रोफाइनान्सलाई लाभांश बाँड्न कडाई गरेको निर्देशन जारी गरेपछि लगातार यस समूहको शेयर मूल्य घट्दै गएको छ । 

माइक्रोफाइनान्स समूहको शेयर मूल्य घट्दै गएर फराकिलो अंकले हाइड्रोपावर समूह दोस्रो बढी हिस्सा ओगेटेको समूहमा पुगेको हो। पछिल्लो समय नेपालको शेयर बजारमा  हाइड्रोपावर कम्पनीहरु थपिने क्रम बढेको छ भने बैक तथा वित्तीय संस्था र बिमा क्षेत्रका कम्पनीहरु थपिने क्रम विस्तारै घट्दै गएको छ ।  

 बुक बिल्डिङ आइपीओ निष्काशन गर्ने विधि प्रयोगमा नआउँदा वास्तविक क्षेत्रका अन्य कम्पनीहरुले पनि खासै शेयर निष्काशन गरेका छैनन् ।

 

Comments

Back to top