लाल्टिन साप्ताहिक समिक्षा : टप ब्रोकरहरुको आकर्षण सानिमामाइ र चिलिमे जस्ता हाइड्रोमा !
निरन्तर घट्दो क्रममा रहेको नेप्सेमा यस साता पनि घटेरै बन्द भएको छ। यस साताको पहिलो कारोबार दिन आइतबार १९१५.३२ को बिन्दुमा खुलेको नेप्सेले करिब -६.५९(०.३४ प्रतिशत) गुमाउदा साताको अन्तिम कारोबार दिन बिहिबार सूचक १९०८.५५ को बिन्दुमा पुगी क्लोजिङ्ग दिएको छ।
नेप्से उप-समुह (Sub-Index)
यस साताको टप गेनर्स (Top Gainers)
यस साताको टप लुजर्स (Top Losers)
यस साताको टप खरिद भएका कम्पनी (Top Bought)
यस साताको टप बिक्रि भएका कम्पनी (Top Sold)
प्राविधिक विश्लेषण
यस साताको क्लोजिंग पनि मिडल ब्याण्ड भन्दा तल नै रहेको छ। एमएसिडि लाईन यस साता -१७.०८बाट घटेर -२३.८२ मा आएको छ र हिस्टोग्राम यो साता घटेर पोजिटिभ -९.० बाट -१२.५९ मा पुगेको छ जसले बजारमा बिक्रि चाप बढिरहेको देखाउँछ । जिरो लाईन भन्दा तल रहेको सिग्नल लाईन घटेर -११.२३ मा आएको छ। +१४ डिएमआई लाईनले -१४ डिएमआई लाईनलाई माथिबाट क्रस गरेको बजारमा ए.डी.एक्स १७.४९मा रेहको छ। -१४ डिएमआई लाईन र +१४ डिएमआई लाईन क्रस भएर बजारले बियरिश मोमेन्टम सुरु भएको जनाइसकेको छ । आरएसआइ ४१.८१ बाट घटेर ४१.४२ मा आएको छ जसबाट आरएसआइको मोमेन्टम फेरी घट्न थालेको देखिन्छ ।
समग्रहमा बजार बियरिश भएको कन्फरमेसन एमएसिडि र डिएमआई लाईनले दिएको देखिन्छ। १८६५ले दुइ चोटी सम्म सपोर्टको भूमिका खेली दुई चोटी नै राम्रो मोमेन्टम क्यनडल स्टिक बनाएको थियो तर यो चोटी भने १८६५बाट राम्रो रिबाउण्ड आएको छैन । तसर्थ बजार अझै तल जान सक्ने अनुमान लगाउन सकिन्छ। बजारमा अर्को सपोर्ट बोलिंगेरको लोवर ब्याण्ड करिब १८००-१८०५ को एरियामा देखिन्छ भने अबको प्रतिरोध बोलिङ्गेरको मिडल ब्याण्ड २०००मा रहने छ।
Comments