नेको इन्स्योरेन्स लिमिटेडको बोनश हितग्राही खातामा जम्मा

नेको इन्स्योरेन्स लिमिटेडले यस वर्ष प्रस्ताव गरेको १५ प्रतिशत बोनश शेयर वितरण गरेको छ । 

माघ १५ गते २७औं वार्षिक साधारण सभामार्फत सो बोनश शेयर वितरणको प्रस्ताव पारित गरेको थियो । कम्पनीले कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावसमेत पारित गरेको थियो ।
वार्षिक साधारण सभा सम्पन्न भएको दुई महिनाभित्र बोनश शेयर धितोपत्र दोस्रो बजारमा सूचिकृत गराई सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको जनाएको छ ।
कम्पनीको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

Comments

Back to top