एनआईसी एशिया लघुवित्त वित्तिय संस्था लिमिटेडले बुकक्लोज मिति तोक्यो !
एनआईसी एशिया लघुवित्त वित्तिय संस्था लिमिटेडले नगद लाभांश तथा बार्षिक साधारण सभा प्रयोजनका लागि २०७९ साल बैशाख १ गतेबाट २०८० साल बैशाख १० गतेसम्म बुकक्लोज गर्ने भएको छ।
लघुबित्तले पाँचौ बार्षिक साधारण सभा २०८० साल बैशाख १० गते आइतबार गंगालाल मार्ग, भोटेपुल, धारान सुनसरी स्थित होटल गजुरमा बिहान ९:०० बजे डाकेको छ। साधारण सभामा एनआईसी एशिया लघुवित्तले चुक्ता पूँजी रु १ अर्ब ७३ करोड ९४ लाख ४० हजारको १४.७५% ले भुने रु २५ करोड ६५ लाख ६७ हजार ४०० बराबरको नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव अघि सारेको छ।
Comments