मुक्तिनाथ विकास बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेञ्जमा मुक्तिनाथ विकास बैंकको बोनस शेयर सूचीकृत भएको छ । बैंकको ७६ लाख ३७ हजार १९४.१५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३.५० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत बोनस शेयर, सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

Comments

Back to top