१८६५बाट रिबाउण्ड आएको बजारमा ब्याक टु ब्याक तिनवटा हरियो क्यानडल, कस्तो बनाउने अबको रणनीति ?

१९२०.०९को बिन्दुमा ओपेनिङ्ग भएको बजारमा इन्ट्राडे लो  १९०१.६२ बनेता पनि आजको कारोबार दिनको अन्तिम एक घण्टामा आएको खरिद चापले गर्दा नेप्सेको क्लोजिङ्ग १९१९.४२ मा हुन पुगेको छ।  १.३२ अङ्कको वृद्धि देखिएको बजारमा कारोबार रकम भने न्यून रहेको छ।  १८६५को बिन्दुबाट रिबाउण्ड आए पश्चात आजको दिन सम्म निरन्तर तिनवटा हरियो क्यानडल बनेको छ।
एमएसीडी  इन्डीकेटरमा आजकै दिनबाट सिग्नल लाइन र एमएसीडी लाइन बिच पोजिटिभ क्रस (गोल्डेन क्रस) भएको छ।  आरएसआइ पनि ३०को बिन्दु (ओभर सोल्ड जोन) मा सपोर्ट लिएर माथि फर्किएको छ।  अर्थमन्त्रालयले पनि राम्रो योग्यता भएको अर्थमन्त्रि पाउने सम्भावना रहेका बेलामा समग्र बजार सकरात्मक रहेको देखिन्छ।

 
लगानी गर्नका लागि अहिले बजार राम्रो अवस्थामा रहेको देखिएता पनि पहिलो दुइचोटी सम्म १८६५ को बिन्दुले दिएको जस्तो मुमेण्टम क्यानडल यो चोटी नदिखिएकाले अहिले आउने सर्ट टर्म बुलमा धेरै स्ट्रेन्थ नरहेको विज्ञहरुको धारणा रहेको छ।  तसर्थ बजारले फेरी एकचोटी १८६५-१८३०को एरिया टेस्ट गर्न आउने सम्भावना रहेको छ।  १८०० देखि २२००सम्म खेलिरहेको बजारमा एयाकुमुलेस्न चलिरहेको स्पट देखिन्छ त्यसैले उचित मूल्यमा रहेका कम्पनिहरु किनेर लंग टर्म होल्ड गर्ने योजना बनाउनु नै सबै भन्दा राम्रो रणनीति हुनेछ।  

Comments

Back to top