बालुवाटारमा सत्तागठबन्धन बैठक जारी
सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रमलगायतका विषयमा छलफल भइरहेको छ ।
यसअघि मंगलबार बसेको बैठकमा सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रम बाँडिएको थियो । दलहरुले अध्ययन गरेर जारी बैठकमा सहभागी भएकाले उनीहरुको सुझाव समेटिने बताइएको छ ।
Comments