नेप्से इन्ट्राडे अपडेट: भारी अङ्कको वृद्धि !
आज मंगलबार नेप्से बजार २६.९७ अंकले बढेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९३२ को नजिक आएको छ। २६.९७ अङ्कले बढेर नेप्से परिसूचक १८७०.८१ मा आएको हो। आज २ घण्टामा लगभग ६६ करोड २० लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।
यस्तै, आजको टप गेनरमा सुपरमाई हाईड्रोपावर र एसियन हाईड्रोपावर रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा सानिमा फण्ड रहेको छ।
Comments