भक्तपुर बहुमुखी क्याम्पसमा ठूला तीन दलीय विद्यार्थीको संयुक्त प्यानल विजयी

भक्तपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा तीन ठूला दल निकटको विद्यार्थीको संयुक्त प्यानल विजयी भएको छ । अध्यक्षमा संयुक्त प्यालनकोतर्फबाट नेपाल विद्यार्थी संघ (नेविसंघ) नेतृत्वको प्यानल विजयी भएको हो ।

स्ववियुको आइतबार सम्पन्न निर्वाचनमा भक्तपुर बहुमुखी क्याम्पसमा नेविसंघका पुकार पराजुली ‘बी’ एक हजार एक सय ६७ मतका साथ निर्वाचित भएको सोमबार सार्वजनिक भएको हो । उनका निकतम प्रतिष्पर्धी नेपाल क्रान्तिकारी विद्यार्थी संघ (नेक्राविसंघ) का दिनेश खड्गीले ७ सय ६१ मत प्राप्त गरे ।

स्ववियुको सचिवमा यादव दुलाल १ हजार १ सय ४६, कोषाध्यक्षमा सुजन प्रधान ११७६ विजयी मत ल्यायी विजयी भए । सदस्यहरुमा संयुक्त प्यानलका अस्मिता खनाल १२६९, निमेश नायभा १२२३, सजगकृष्ण पोखरेल ११८३, निरज कार्की १२९१, नवराज सिंह धामी १२५२, धिराज खड्का १२७०, सजना हुमागाईं १२६१ र तिलक पराजुली १२६२ मतका साथ विजयी भए ।

समानुपातिकतर्फ नेविसंघले ७६४, नेक्राविसंघले ५१६, अनेरास्ववियुले ३५३ र अखिल क्रान्तिकारीले २७३ मत प्राप्त गरेको निर्वाचन अधिकृत डा. शेरसिंह रैखोलाले बताए । यस अनुसार नेविसंघले चार, नेक्राविसंघले तीन, अनेरास्ववियुले दुई र अखिल (क्रान्तिकारी) एक सदस्य सिट पाएका छन् । यस्तै भक्तपुरकै सानोठिमी शिक्षा क्याम्पस सानोथिमिको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका रेशमलाल श्रेष्ठ विजयी भएका छन् ।

भक्तपुर बहुमुखी क्याम्पस दूधपाटी भक्तपुरमा दुई हजार २२ मत खसेको थियो । कुल चार हजार एक मतदाता भएको क्याम्पसमा (५०.५३०) मत खसेको थियो । 
भक्तपुर बहुमुखी क्याम्पसमा तीन वटा ठूला दल निकटको नेपाल विद्यार्थी संघ, अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन र अखिल (क्रान्तिकारी) संयुक्तले सयुक्त रुपमा प्यानलसहित उम्मेदबारी दिएको थियो ।

यसबाहेक यहाँं नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी विद्यार्थी संघले दिनेश खड्गीको अध्यक्षतामा एकल प्यानलसहित उम्मेदबारी दिएको थियो । यसबाहेक राष्टिय प्रजातन्त्रिक विद्यार्थी संगठन र भक्तपुर बहुमुखी क्याम्पस स्पोटर्स ग्रुपले स्वतन्त्र रुपमा एकल उम्मेदवारी दिएका थिए ।

यसअघि चुनावको मुखमा जित्नकै लागि विद्यार्थी नभई नेतागिरी गर्नका लागि नक्कली विद्यार्थी भर्ना गरिएको भन्दै विद्यार्थी संगठनहरुले विरोध गरेका थिए । नेपाली कांग्रेस निकटको ठूला तीन वटा दल निकटको संयुक्त प्यानलबाहेकका अरु विद्यार्थी संगठनहरुले यसको विरोध जनाएका थिए । कलेजमा दुई सय ५० रुपैयाँंमा विद्यार्थी भर्ना गरिएको भन्दै विरोध भएको थियो ।

Comments

Back to top