पोनि मा: ज्याकमालाई पछि पारेर चिनकै सबैभन्दा धनी व्यक्तिमा आफूलाई दर्ज गर्ने व्यक्ति!
तर, ज्याकमा चिनियाँ उपाधि तोडिएको छ । मा हुतेङ, जो पोनि मा नामले परिचित छन् उनैले ज्याकमालाई पछि पारेर चिनकै सबैभन्दा धनी व्यक्तिमा आफूलाई दर्ज गरेका छन् । ज्याक मासँग मिल्दो जुल्दो नाम भएका पोनि मा इण्टरनेट कम्पनी टिसेन्टका मालिक हुन् । फोर्ब्सले उनको सम्पत्तिको मूल्याङ्कन ३७ अर्ब डलर गरेको छ । जबकी ज्याक माको सम्पत्ति ३६ अर्ब २० करोड डलर रहेको फोर्ब्सले जनाएको छ ।
पोनि माको कम्पनीले चिनमा अत्यन्त लोकप्रिय म्यासेजिङ एप्स विच्याट सञ्चालन गर्छ । सन् २०११ देखि सञ्चालनमा आएको यो एप्सका अहिले ९३ करोड ८० लाख प्रयोगकर्ता छन् । पोनि माको विच्याटजस्तै ज्याकमाको अलिपे सञ्चालनमा छ । सन् २०१७ मा टिसेन्टले आफ्ना ६० करोड सक्रिय प्रयोगकर्ता रहेको जनाएको छ भने अलिपेका ४५ करोडमात्रै ।
ज्याक मा चिनका धनाढ्यमा पर्छन्। अनलाइन सपिङ साइट अलिबाबाका मालिक उनले अर्को चर्चित अमेजन डट कमलाई टक्कर दिएको चर्चा हुने गर्छ। ज्याक माको अलिबाबाले चिनमा यसरी प्रभुत्व विस्तार गर्यो कि उनलाई यसैले चीनकै सबैभन्दा धनी व्यक्ति बनायो भने विश्वकै धनीहरुको सुचीमा अग्रस्थानमा पुर्यायो ।
Comments