सानिमा मिडिल तमोर हाइड्रोपावरका लागि आवेदन दिने आज अन्तिम दिन !!

फाल्गुन २६ गतेबाट निष्काश खुलेको सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आज फाल्गुन ३० गते अन्तिम आवेदन दिन मिल्ने छ। मागभन्दा बढी आवेदन परिसकेकाले लगानीकर्ता केवल १० कित्ताका लागि आवेदन दिए पुग्ने छ। आइपिओ निष्काशनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्युअर’ प्रमाणपत्र प्रदान गरेको छ। यस  कम्पनीले ताप्लेजुङको फक्तङलुङ र मिक्वाखोला गाउँपालिका तथा फुङ्लिङको सिमानामा रहेको तमोर नदीमा ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। 

Comments

Back to top