सिलिकन भ्याली बैंक एसभीबी बन्द

अमेरिकामा क्यालिफोर्नियाको बैंकिङ नियामकले वित्तीय संकटले घेरिएको सिलिकन भ्याली बैंकलाई बन्द गरिदिएको छ   । अमेरिकाको १६ औं ठूलो बैंक सिलिकन भ्याली बैंक एसभीबी बन्द भएको छ।

नियमनकारी निकायले अमेरिकाको १६ औं ठूलो बैंक सिलिकन भ्याली बैंकलाई बन्द गराएको हो। नियामकहरूले शुक्रबार यो बैंक बन्द गराएर डिपोजिटहरु नियन्त्रणमा लिएका छन्।

बैंकले तरलता व्यवस्थापन गर्न नसक्दा निक्षेपकर्ताको पैसा फिर्ता गर्न सकेको थिएन। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एसभीबीमा २ लाख ५० हजार अमेरिकी डलरसम्म निक्षेप भएका निक्षेपकर्ताहरू भने सुरक्षित छन् । अमेरिकाको फेर्डरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन ९एफडीआईसीले व्यक्तिको बैंकमा हुने २ लाख ५० हजार अमेरिकी डलरसम्मको निक्षेपको बिमा गरेको हुन्छ। बैंक डुबे पनि दुई लाख ५० हजार अमेरिकी डलरसम्मको निक्षेप बिमा कम्पनीले फिर्ता दिन्छ।

एसभीबी यो वर्ष बन्द हुने पहिलो एफडीआईसी इन्स्याेरेन्स संस्थान हो । अढाई वर्षअघि २३ अक्टोबर २०२० मा अल्मेना स्टेट बैंक बन्द गरिएको थियो ।

Comments

Back to top