नेप्सेमा भारी अङ्कको गिरावट, कारोबार रकम १ अर्ब ३३ करोड ६३ लाख !
आज बिहिबार २६.४८ अङ्कले घटेर १.३३% गिरावटका साथ नेप्से परिसूचक १९६९.०१ अंकमा बन्द भएको छ। कारोबार भएका २५६ कम्पनीमध्ये १९ कम्पनी उकालो लागेका छन्, १९४ कम्पनी ओरालो लागेका छन् भने ३ कम्पनी स्थिर रहेका छ।
कारोबार भएका सबै उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा बुद्धभूमि नेपाल हाईड्रोपावर नेपाल रहेको छ, जसको ४.२९% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा ग्लोबल आइ.एम.ई लघुवित्त रहेको छ, जसको सेयर मूल्य ७% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा हिमालयन डिष्टिलरी र भोल्यूममा शिवम सिमेंट्सको कारोबार भएको छ।
Comments