४ कम्पनीको बोनस सेयर नेप्सेमा सुुचिकृत
४ कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारको लागि सुचिकृत भएको छ । हिमालयन बैंक र राधि विद्युत कम्पनीको बोनस सेयर सुचिकृत भएको हो ।
नेप्सेका अनुसार सोल्टी होटल लिमिटेडको ५ प्रतिशत अर्थात् ४२ लाख १३ हजार ५३३ कित्ता बोनस सेयर सूचिकृत भएको छ।त्यस्तै, मेरो माइक्रोफाइनान्स लघुुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत अर्थात् १२ लाख कित्ता बोनस सेयर सूचिकृत भएको छ।
त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ प्रतिशत अर्थात् ११ लाख ५७ हजार ६९६ कित्ता बोनस सेयर सूचिकृत भएको छ।
त्यसैगरी, प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको १४.२५ प्रतिशत अर्थात् १७ लाख ४९ हजार ४५१ कित्ता बोनस सेयर सूचिकृत भएको छ। उक्त सेयर सेयरधनीहरुको डिम्याड खातामा आएपछि दोश्रोबजार मार्फत कारोबार गर्न सक्नेछन् ।
Comments