नेशनल लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै करार सेवामा ट्रेनी सहायक माग गरेको हो ।
उक्त पदका लागि शैक्षिक योग्यता प्रमाणपत्र तह वा सो सरह उत्तिर्ण गरेको तथा कम्प्युटरमा दक्ष, नेपाली र अग्रेजी टाइपिङ गर्ने सक्ने हुनु पर्ने छ । साथै, जीवन बीमा सम्बन्धी अनुभवि एव स्थानिय ब्यक्तिलाई विशेष ग्राहयता दिने कम्पनीले जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र आवेदन दिन सकिनेछ ।
Comments