सिनर्जी पावरले हकप्रद सेयर निष्कासनका लागि सेबोनसंग माग्यो अनुमति!

सिनर्जी पावर डेभलपमेन्टले नेपाल धितापत्र बोर्ड (सेबोन)सँग हकप्रद सेयर निष्कासनको अनुमति मागेको छ। 

कम्पनीले सेबोनमा निवेदन दिँदै हकप्रद सेयर निष्कासनको अनुमति मागेको हो। कम्पनीले चुक्तापुँजी ५० प्रतिशत हकप्रद जारी गर्ने अनुमति मागेको छ। 

सेबोनले अनुमति दिएमा यो कम्पनीले २ः१ अनुपातमा हकप्रद जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद आफ्ना सेयरधनीहरुलाई बिक्री गर्नेछ। 

कम्पनीको यो हकप्रद बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। 

कम्पनीको गत कात्तिक २७ गते हकप्रद जारी गर्ने अनुमति माग्दै विद्युत नियमन आयोगमा निवेदन दिएको थियो। आयोगले गत माघ १२ गते सिनर्जी पावरलाई हकप्रद जारी गर्ने स्वीकृति प्रदान गरेको थियो।

त्यसअघि कम्पनीको १५ औँ वार्षिक साधारणसभाले हकप्रद सेयर जारी गर्ने प्रस्ताव स्वीकृत गरेको थियो। 

सिनर्जी पावर दोलखा जिल्लामा निर्माणाधीन सिप्रिङ खोला जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी हो। 

Comments

Back to top