करिब ७० अङ्कको उतारचढाव पछि नेप्सेमा देखियो बुलिश ह्याम्मर स्टिक !
राष्ट्र बैंकको सर्कुलर पछि देखिएको नेप्सेको प्यानिक सेलिङ्ग १९६०को बिन्दुमा पुगी रोकिएको छ। पहिलो एक घण्टामा करिब ५७अङ्क गिरावट भएको नेप्सेले त्यस पश्चातको समय रिकभरीको यात्रा समाउदा +४.५५ हासिल गरि २०२७.१९मा क्लोजिङ्ग दिएको हो। विहीबार करिब ९.५ प्रतिशतको गिरावट देखिएको माइक्रो फ़ाइन्यन्स उप समुहले पनि आज राम्रो रिकभरी दिएको छ।
च्यानलको गाइडलाइन अनुसार बजारले अझै च्यानलको बाहिर नै क्लोजिङ्ग दिएको हुनाले भोलीको दिनमा २०४०को बिन्दुलाई भोल्युम सहित ब्रेक आउट दिएर च्यानल भित्र क्लोजिङ्ग भए मात्र लगानी गर्न सुरक्षित हुने देखिन्छ। आगामी दिनका लागि बजारको सपोर्ट २०१३ र त्यस पछि १९६०को बिन्दुमा देखिन्छ भने अब को प्रतिरोध २०४० र त्यस पछि २०९० को बिन्दुलाई लिन सकिन्छ।
Comments