नेप्सेमा केही अङ्कको वृद्धि, कारोबार रकम २ अर्ब ५२ करोड ५० लाख !

आज आइतबार ४.५५ अङ्कले बढेर  ०.२२%  वृद्धिका साथ नेप्से परिसूचक २०२७.१९ अंकमा बन्द भएको छ। कारोबार भएका २६२ कम्पनीमध्ये १४६ कम्पनी उकालो लागेका छन्, ६२ कम्पनी ओरालो लागेका छन् भने ९ कम्पनी स्थिर रहेका छ। 

कारोबार भएका ८ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा विजय लघुवित्त रहेको छ, जसको ७.९४ % मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा सिटिजन म्युचल फण्ड रहेको छ, जसको सेयर मूल्य ७.८५% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा   हिमालयन डिष्टिलरी र भोल्यूममा  अरुण भ्याली हाईड्रोपावरको  कारोबार भएको छ।

Comments

Back to top