नेप्से इन्ट्राडे अपडेट: भारी अङ्कको गिरावट!
आज आइतबार नेप्से बजार २७ अंकले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९९५ को नजिक आएको छ। २७.१२ अङ्कले घटेर नेप्से परिसूचक १९९५.५२ मा आएको हो। आज २ घण्टामा लगभग १ अर्ब ४८ करोड २२ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा विजय लघुवित्त रहेको छ जसको ४.५१% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा थुप्रै आदर्श लघुवित्त रहेको छ।
Comments