ईङवा हाइड्रोपावरले फागुन २१ गते बाट आईपीओ निष्काशन गर्दै
फागुन २१ गते बाट साधारण शेयर (आईपीओ) ईङवा हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले आफ्नो जारी पूँजी साठ्ठी करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १८ करोड रुपैयाँ रकम बराबरको १०० रुपैयाँ अंकित दरका १८ लाख कित्ता साधारण शेयर मध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ्ग जिल्लाको सिदिङ्गवा गा.पा. वडा नं. ३ (साविक आङखोप गा.वि.स वडा नं ३, ६, ८, ९), पाँचथर जिल्लाको याङवरक गा.पा., वडा नं. २ (साविक फलैचा गा.वि.स. वडा नं. १) र वडा नं. ३ (साविक ओयाम गा.वि.स. वडा नं २) का स्थानियवासीहरुका लागि निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो ।
त्यस्तै, सर्व-साधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख २० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत प्राप्त गरी बैदेशिक रोजगार रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।
यस हाइड्रोपावर कम्पनीको साधारण शेयर (आईपीओ) मा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्ने छन् ।
त्यसैगरी, वैदेशिक रोजगारमा रहेको नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्ने छन्।
यस कम्पनीको शेयर (आईपीओ) निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआइ मर्चेण्ट बैकिंङ लिमिटेड रहेको छ।
Comments