बोटलर्स नेपालका कम्पनीद्वारा शेयरधनीको खातामा लाभांश जम्मा
बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गरिदिएको छ ।
गत पुष २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको लाभांश सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक बैंक खातामा जम्मा गरिदिएको हो ।
बोटलर्स नेपाल लिमिटेडले ४४औं साधारण सभाबाट पारित भएको २०% बोनस शेयर र बोटलर्स नेपाल (तराई) लिमिटेडले साधारण ३६औं साधारण सभाबाट पारित भएको ६०% नगद लाभांश शेयरधनीहरुको खातामा पठाउन सुरु गरेको हो ।
Comments