फागुन १४ गते एसियन हाइड्रोपावरको आइपीओ बाँडफाँट हुने
फागुन १४ गते एसियन हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटल मार्केटका अनुसार आइतबार (फागुन १४ गते) बिहान ९ बजे आफ्नै कार्यालय नागपोखरी नक्साल, काठमाडौंमा आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ। मागभन्दा २३.८४ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।
हाइड्रोपावरले माघ २७ गतेदेखि फागुन ३ गते सर्वसाधारणका लागि ६ लाख ९७ हजार २ सय कित्ता आइपीओ बिक्री खुला गरेको हो । यस कम्पनीले आफ्नो जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१% अर्थात ८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको थियो ।
जसमध्ये १०% अर्थात ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । यस्तै, ५% अर्थात ४२ हजार कित्ता सामूहिक लगानी कोष र २% (१६ हजार ८ सय कित्ता) कर्मचारीहरुलाई छुट्याइएर बाँकी रहेको ६ लाख ९७ हजार २ सय कित्ता सर्वसाधारणलाई बिक्री गरेको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेको छ ।
Comments