चुक्तापुँजी २१ अर्बमा हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार सुरु!

हिमालयन बैंक र सिभिल बैंकको मर्जरपश्चात् एकीकृत कारोबार सुरु भएको छ ।  हिमालयन बैंकका अध्यक्ष प्रचण्ड श्रेष्ठले केन्द्रीय कार्यालय कमलादीमा पूजा गरेर एकीकृत कारोबार सुरु गर्नुभएको हो ।

हिमालयन बैंकले सिभिल बैंकलाई १००ः८०.२८ को स्वाप रेसियोमा प्राप्ति गरेको हो । सिभिल बैंकका सेयरधनीले एक सय कित्ता सेयर बराबर हिमालयन बैंकको ८० दशमलव २८ कित्ता सेयर प्राप्त गर्नेछन् । हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन बैंक अब देशकै उत्कृष्ट बैंक बन्ने बताउनुभयो । हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार सुरु भएको अवसरमा सो कुरा बताउनुभएको हो । रु छ करोडबाट सुरु भएको बैंक हाल रु १४ अर्ब पुँजीको बैंक बनेको बैंकको उहाँको भनाइ थियो । आफ्नै कसरतमा ठूलो बनेको बैंक अब सिभिल बैंकलाई प्राप्ति गरेपछि उत्कृृष्ट बैंक बन्ने उहाँले दाबी गर्नुभयो ।

यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक राणाले नौ महिनाको प्रयासपछि सिभिल बैंकलाई प्राप्ति गर्न सफल बनेको जनाउनुभयो । हिमालयन बैंक आफैँमा ठूलो भएको जनाउँदै उहाँले राष्ट्र बैंकको नीतिलाई साथ दिनमात्रै सिभिल बैंकलाई प्राप्ति गरिएको बताउनुभयो ।

 

Comments

Back to top