लाल्टिन साप्ताहिक समीक्षा !
निरन्तर घट्दो क्रममा रहेको नेप्सेमा यस साता पनि ४७.७७ले गिरावट भएको छ। यस साताको पहिलो कारोबार दिन सोमबार २०६९.६७ को बिन्दुमा खुलेको नेप्सेले करिब २.३ प्रतिशत गुमाउदा साताको अन्तिम कारोबार दिन बिहिबार सूचक २०२२.६४को बिन्दुमा पुगी क्लोजिङ्ग दिएको छ।
नेप्से उप-समुह (Sub-Index)
यस साताको टप गेनर्स (Top Gainers)
यस साताको टप लुजर्स (Top Losers)
यस साताको टप खरिद भएका कम्पनी (Top Bought)
यस साताको टप बिक्रि भएका कम्पनी (Top Sold)
प्राविधिक विश्लेषण
यस साताको क्लोजिंग पनि अपर ब्याण्ड भन्दा करिब २१३ अङ्क तल भएको छ र बजार मिडल ब्याण्ड भन्दा २५ अङ्क मात्र माथि रहेको देखिन्छ। बढ्दो क्रममा रहेको एमएसिडि लाईन यस साता भने +१७.९९बाट घटेर १२.६५ मा आएको छ र हिस्टोग्राम यो साता घटेर पोजिटिभ ३२.२१ बाट २१.४९ मा पुगेको छ जसले बजारमा खरिद चाप घटेको देखाउँछ । जिरो लाईन भन्दा तल रहेको सिग्नल लाईन पनि बढेर -८.८४ मा आएको छ। -१४ डिएमआई लाईनलाई +१४ डिएमआई लाईनले तलबाट क्रस गरेको बजारमा ए.डी.एक्स २३.२१ मा रेहको छ जसले बजारको बुलिश मोमेन्टम नै रहेको जनाउछ तर बिगत केहि हप्ता देखि यहि बिन्दुको आसपास रहेकाले बजार साइडवेज रहेको देखिन्छ। यद्यपि -१४ डिएमआई लाईन र +१४ डिएमआई लाईन नजिकिदै गएको छ जसले बजार फेरी बियरिश हुन सक्ने सम्भावना पनि देखाउछ। आरएसआइ ५०.९१ बाट घटेर ४७.८३ मा आएको छ जसबाट आरएसआइको मोमेन्टम फेरी घट्न थालेको देखिन्छ ।
संग्रहमा हेर्दा बजार बियरिश नभएको तर बुलिश सेन्टिमेन्ट भने घट्दो क्रममा रहेको अनुमान लगाउन सकिन्छ। नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २००५-१९९० को एरिया हुन्छ र नेप्सेको अवरोध २१८० को एरिया रहेको देखिन्छ।
Comments