किसान लघुवित्तको ७ प्रतिशत बोनस शेयर प्रस्ताव

किसान लघुवित्त वित्तिय संस्था लिमिटेड (KLBSL) ले आर्थिक बर्ष २०७८/७९ को संचित मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ।

लघुवित्तको फाल्गुन ९ गते बिहान ८:०० बजे बसेको संचालक समितिको ११२औं बैठकले हाल कायम चुक्ता पूँजी रु ४७ करोड १३ लाख ७० हजार ५३० को ७% ले हुने रु ३ करोड २९ लाख ९५ हजार ९३७ बराबरको  बोनस शेयर तथा ०.३६८४% ले हुने रु १७ लाख ३६ हजार ६२८ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी चौथो बार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ।

Comments

Back to top