ब्ल्ड बाथ र ब्रेक आउट !!
"नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८" मा संशोधन गर्दै राष्ट्र बैंकले आजबाट लघुवित्त कम्पनीको निक्षेप र बचतको ब्याजदरसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ । त्यसै गरि १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्दा लघुवित्त संस्थाले १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्नेछ । यसअघि २० प्रतिशतभन्दा बढी लाभांश वितरणमा लाभांशको ५० प्रतिशत बराबर जगेडा कोषमा राख्नुपर्ने व्यवस्था रहेको थियो ।
५७.७४ अङ्कको गिरावट भएको नेप्सेमा माइक्रो फ़ाइन्यान्स उप समूहले मात्र ४१२.०२ गुमाएको छ। यस उपसमूहका ४१ वटा कम्पनिले नकारात्मक सर्किट लगाएका छन्। ४२८८.२१मा ओपनिङ्ग भएको यस उपसमूहले ९.५४ प्रतिशत गुमाएर ३९०७.०२मा क्लोजिङ्ग दिएको हो। आगामी दिनका लागि यस उप समूहको सामान्य सपोर्ट ३९०० र रहेको र त्यस पछिको सपोर्ट ३३००मा रहेको देखिन्छ।
बजारमा ब्ल्ड बाथ देखिए पनि आज एक स्टकमा बुलिश ब्रेक आउट देखिएको छ। ८.७४ प्रतिशतको भोलाटिलिटि भएको आजको सर्वाधिक वृद्धि हुने स्टक NHDLले आज ४०१.८० मा ओपनिङ्ग दिएको थियो। ३८७.२ को इन्ट्रा डे लो बनाएको यस स्टकले इन्ट्रा डे हाई ४२२ बनाएको भएता पनि क्लोसिङ्ग ४१३मा दिएको छ। ४१३मा क्लोजिङ्ग हुदा, यस स्टकले हाइयर हाइको शृंखला सुरु गरेको छ जुन डाउ थियोरी अनुसार बुलिश सङ्केत हो जसलाई भोल्युमले पनि साथ दिएको छ।
Comments