निफ्राको करिब २३ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत!

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को उर्जा ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा  सूचीकृत भएको छ । 

कम्पनीको १००० रुपैयाँ अंकित मूल्यका २२ लाख ८९ हजार ८१३ कित्ता ऋणपत्र सूचीकृत भएको हो ।

७ वर्षे अवधि तथा ७ प्रतिशत ब्याजदर भएको सो ऋणपत्रको कारोबार भोलिदेखि नै गर्न मिल्नेछ।

Comments

Back to top