नेप्से इन्ट्राडे अपडेट: भारी अङ्कको गिरावट!
आज बिहीबार नेप्से बजार ५० अंकले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २०३० को नजिक आएको छ। ५०.०९ अङ्कले घटेर नेप्से परिसूचक २०३०.२९ मा आएको हो। आज २ घण्टामा लगभग १ अर्ब २२ करोड २९ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा नेपाल हाईड्रो डेभलपर्स रहेको छ जसको ६.०७% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा थुप्रै लघुवित्तहरु रहेका छन्।
Comments