नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शेयर नेप्सेमा सूचीकृत!

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (NIMB) को शेयर सूचीकृत भएको छ।

बैंकको प्रतिशेयर १०० रुपैयाँ अंकित तथा चुक्ता मूल्यका ३४ करोड १२ लाख ८५ हजार ९४९ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। साविकको नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल एक आपसमा मर्ज भएपश्चात सो शेयर नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाममा सूचीकृत भएको हो। नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक १ बराबर ०.९० अनुपातमा मर्ज भएका हुन्। सूचीकरणपश्चात मर्जर प्रयोजनार्थ रोक्का रहेको कम्पनीको शेयर कारोबार पनि फुकुवा भएको नेप्सेले जनाएको छ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि २३६ रुपैयाँ ८५ पैसा मूल्य तोकेको छ भने एनआईएमबी स्टक टिकर दिइएको छ।

Comments

Back to top