स्टप-लस हन्ट पछि बजारले लय समाउदै !!
सोमबार १.१४% गिरावटका साथ नेप्से परिसूचक २०४६.८१ अंकमा बन्द भएको थियो र नेप्सेले सोमबार मात्र तिन ओटा सपोर्ट तोडेको थियो । तसर्थ लगानीकर्ताले बजारबाट स्टप-लस गरि बाहिर निस्केको अनुमान लगाउन सकिन्छ। स्टप-लसको आशय भनेको एक निश्चित स्तरमा मूल्य घटेपछि स्वचालित रूपमा बिक्री अर्डर ट्रिगर गरेर सम्भावित घाटा सीमित गर्नु हो।
आज बुधबार ३३.५७ अङ्कले बढेर १.६४% वृद्धिका साथ नेप्से परिसूचक २०८०.३८ अंकमा बन्द भएको छ जसलाई स्टप-लोस हन्ट भएको मान्न सकिन्छ। स्टप-लस हन्ट भनेको केहि ट्रेडर, सामान्यतया ठूला संस्थागत लगानीकर्ताहरूले प्रयोग गर्ने अभ्यास हो जुन बजारको विपरित पक्षमा स्टप-लोस अर्डरहरू ट्रिगर गर्नको लागि छोटो अवधिको मूल्यमा मुभमेन्ट सिर्जना गरि उनीहरूको ट्रेडिङ्ग रणनीतिलाई फाइदा पुराउनु हो। ती ट्रेडरहरूले स्टप-लसका राखिएका बिक्री अर्डरहरूलाई ट्रिगर गर्न स्टप-लस स्तरभन्दा तल अर्डरहरू राख्छन र अचानक मूल्य तल गएको फाइदा उठाएर शेयर खरिद गर्छन। स्टप-लोस हन्ट भएको भने प्रमाणित गर्न निकै गाह्रो हुन्छ किनकि यसलाई बजारको सामान्य उतार-चढावबाट छुट्याउन गाह्रो हुन्छ।
तत्कालिन र्यालीको फिबोन्याची ०.५ लेभल(२०६०को बिन्दु)को सपोर्ट मुनि बजारको क्लोजिंग भएको र करेक्सन चलिरहेको च्यानल बाहिर क्लोजिंग गरेको बजारले आज ठ्याक्कै बिपरित दिशा समाएर च्यानल भित्र पुगी क्लोजिंग पनि २०६०को लेभेल माथि नै दिएको छ। बजारमा अबको प्रतिरोध २१५०को बिन्दुमा देखिन्छ भने सपोर्ट २०६५-२०६०लाई मान्न सकिन्छ।
Comments