बिहीबारदेखि आत्मनिर्भर लघुवित्तको आइपीओ बिक्री खुला!
फागुन ११ गतेदेखि आत्मनिर्भर लघुवित्तले सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गर्ने भएको छ।
२ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आइपीओ आत्मनिर्भरले बिक्री गर्न लागेको हो। २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिसकेको छ।
यसरी, फागुन १५ गतेसम्म सर्वसाधारण लगानीकर्ताले यसमा आवेदन दिन सक्नेछन्। यस अवधिमा सबै सेयर बिक्री नभएमा भने फागुन २५ गतेसम्म पनि भर्न पाउनेछन्। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्।
Comments