चैत ४ गते सपोर्ट लघुवित्तको आठौं साधारण सभा हुँदै!

चैत ४ गते सपोर्ट लघुवित्त वित्तीय संस्थाले आठौं वार्षिक साधारण सभा  तोकेको छ। सुनसरीको इटहरीमा केन्द्रीय कार्यालय रहेको लघुवित्तको आइतबार भएको संचालक समिति बैठकले आगामी चैत ४ गते शनिबारका लागि सभा आह्‍वान गरेको हो। बिहान साढे ९ बजेबाट दुर्गा पार्टी प्यालेस, इटहरी–४, सनुसरीमा साधारण सभा सुरु हुने भएको छ।

यस लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट ११% बोनस सेयर र कर तिर्न ०.५७% नगद लाभांश गरी कुल ११.५७% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने जनाएको छ। बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ४ लाख ९६ हजार बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ। फागुन १८ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश लाभांश पाउँनेछन्।

उक्त लाभांश साधारण सभाबाट पारित भए लगत्तै लगानीकर्ताहरुलाई वितरण गरिने छ। लघुवित्तले आव २०७७/७८ मा लगानीकर्तालाई ३० प्रतिशत बोनस सेयर र १.५७ प्रतिशत नगद गरि कुल ३१.५७ प्रतिशत लाभांश वितरण गरेको थियो।

Comments

Back to top