ग्लोबल आइएमई बैंकको शेयर कारोबार फुकुवा, बैंकको शेयर नेप्सेमा सूचीकृत!
ग्लोबल आइएमई बैंकको शेयर नेप्सेमा सूचीकृत, शेयर कारोबार फुकुवा भएको छ। साविकको बैंक अफ काठमाण्डूकाे शेयर ग्लोबल आइएमई बैंकको नाममा सूचीकृत भएको हो ।
मर्जर पश्चात बैंक अफ काठमाण्डूको नाममा रहेको ११ करोड २६ लाख १४ हजार ३३७.१७ कित्ता शेयर ग्लोबल आइएमई बैंकको नाममा नेप्सेमा सूचीकृत भएको हो । मर्जर प्रयोजनको लागि रोक्का रहेको बैंकको शेयर कारोबार पनि फुकुवा गरेको छ । त्यस अनुसार बुधबार देखि कम्पनीको शेयर किनबेच गर्न सकिनेछ ।
बैंकको शेयरलाई नेप्सेले २०९ रुपैयाँ ४२ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि रेन्जको आधारमा बैंकको शेयर कारोबारमा आउनेछ ।
Comments