विभिन्न सपोर्टहरु तोडदै नेप्से !!
आज सोमबार २३.६० अङ्कले घटेर १.१४% गिरावटका साथ नेप्से परिसूचक २०४६.८१ अंकमा बन्द भएको छ। १अर्ब ९४करोड बराबरको कारोबार भएको नेप्सेले आज मात्र तिन ओटा सपोर्ट तोडेको छ।
तत्कालिन र्यालीको फिबोन्याची ०.५ लेभल(२०६०को बिन्दु)लाई सपोर्ट मान्ने विश्वास रखिएको बजारमा आजै २३ अङ्क गुमाउने क्रममा सो लेभल मुनि बजारको क्लोजिंग भएको छ। साथसाथै बजारले आज करेक्सन चलिरहेको च्यानल बाहिर क्लोजिंग गरेको छ जसले बजार थप तल जान सक्ने देखाउछ। २०७०-२०५०लाई ट्रेडर्सले राम्रो सपोर्ट जोन मानेका थिए र यस जोनमा पनि केहि डिमाण्ड नदेखिएकाले बजारले आजै मात्र तिनवटा सपोर्ट ब्रेक गरेको देख्न सकिन्छ।
स्कोक्य्स्टिक्स ओभर सोल्ड जोनमा रहेको खण्डमा भोलिको दिन बजारले तत्काल रिकभरी लिनसके मात्र बजारले बुलिश लय लिने नभए बजार १९५०-१९२०को जोनलाई टेस्ट गर्न जान सक्ने आगामी दिनका लागि अनुमान लगाउन सकिन्छ।
(शेयर बजारमा लगानी गर्दा जोखिमहरू समावेश हुन्छन् र कुनै पनि लगानी निर्णय गर्नु अघि वित्तीय सल्लाहकारसँग परामर्श र उचित अनुसन्धान गर्न सल्लाह दिइन्छ।)
Comments