नेप्सेमा केही अङ्कको गिरावट, कारोबार रकम १ अर्ब ९४ करोड ७६ लाख !

आज सोमबार २३.६० अङ्कले घटेर १.१४% गिरावटका साथ नेप्से परिसूचक २०४६.८१ अंकमा बन्द भएको छ। कारोबार भएका २५८ कम्पनीमध्ये ३२ कम्पनी उकालो लागेका छन्, १७७ कम्पनी ओरालो लागेका छन् भने  ७ कम्पनी स्थिर रहेका छ। 

कारोबार भएका ११ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा राप्ती हाईड्रो एण्ड जेनरल कन्सट्रक्सन  रहेको छ, जसको १० % मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा जीवन विकास लघुवित्त रहेको छ, जसको सेयर मूल्य ९.१५% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा हिमालयन डिष्टिलरी र भोल्यूममा  एनएमबि ५० को कारोबार भएको छ।   

Comments

Back to top