नेप्से इन्ट्राडे अपडेट: केही अङ्कको गिरावट!
आज नेप्से बजार १८ अंकले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २०५२ को नजिक आएको छ। १८.१९ अङ्कले घटेर नेप्से परिसूचक २०५२.२२ मा आएको हो। आज २ घण्टामा लगभग ८३ करोड ३४ लाख ८ हजार कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा राप्ती हाईड्रो पावर रहेको छ जसको ४.३९% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा जीवन विकास लघुवित्त रहेको छ जसले ७.९७% गुमाएको छ।
Comments